सुन तोलामा १६ सय र चाँदीमा १५ रुपैयाँ वृद्धि

काठमाडौं ।  नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा १६ सय रुपैयाँ बढेको छ भने चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५५ हजार ७०० रुपैयाँ रहेको छ। अघिल्लो दिन अर्थात गत शुक्रबार यस्तो सुन प्रतितोला १ लाख ५४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, गत शुक्रबार तोलाको १ हजार ८४५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन तोलाको १ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर