लस एन्जलस डढेलो : हालसम्म ११ जनाको मृत्यु

काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलसमा लागेको वन डढेलो विगत केही दिनदेखि नियन्त्रण बाहिर रहेको छ । अझै पनि तीव्र गतिको हावा हुरी चलेसँगै डढेलो फैलिरहेको अवस्था छ । डढेलोमा परी हालसम्म ११ जनाको मृत्यु भइसकेको छ । १० हजारभन्दा बढी घर तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ ।
डढेलो नियन्त्रणका लागि पानीको अभाव भएको भन्ने विषय बाहिरिएको छ । पानीको अभावका सम्बन्धमा क्यालिफोर्नियाका गभर्नर गोभिन न्युजमले स्वतन्त्र छानविन आव्हान गरेका छन् ।
आगलागीबाट प्रभावित क्षेत्रमा लुटपाट मच्चिएपछि रातको समयमा कर्फ्यु आदेश जारी गरिएको छ । कर्फ्युको आदेश प्यासिफिक पालिसेड्स र इटनका डढेलो प्रभावित क्षेत्रहरूमा लागू गरिएको छ । प्रहरी विपद्को समयमा लुटपाटमा संलग्न जो कोहीलाई पक्राउ गर्ने आदेश दिएको छ । राष्ट्रपति जो बाइडनले डढेलो प्रभावित क्षेत्रलाई युद्धको दृश्यका रूपमा व्याख्या गर्दै मृतकको संख्या बढ्न सक्ने बताएका छन् ।