लेखा समिति सभापति ऋषिकेशका पूर्वस्वकीय सचिव पोखरेल पक्राउ

काठमाडौं । संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिल पोखरेल पक्राउ परेका छन् । ठगी आरोप लागेका उनलाई प्रहरीले आज बिहान बिराटनगरबाटै पक्राउ गरेको हो ।

ठगी गरी आपराधिक लाभ लिएको मुद्दामा पक्राउ गर्न प्रहरीलाई मोरङ जिल्ला अदालतले अनुमति दिएको थियो । पोखरेलले एमबीबीएसमा छोरीको नाम निकालिदिने भनी सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका–५ बकधुवाका बौवालाल चौधरीसँग ३८ लाख ८० हजार रुपैयाँ लिएको जाहेरी परेको छ ।

ठगी प्रकरणमा मुछिएपछि सभापति पोखरेलले आफ्ना स्वकीय सचिव अनिललाई जिम्मेवारीबाट हटाएका थिए ।

प्रहरीले पोखरेलको म्याद थपको लागि आजै अदालत लाने तयारी गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर