सुन प्रति तोला पाँच सय रुपैयाँ वृद्धि
काठमाडौं । आज बुधबार सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रति तोला पाँच सय रुपैयाँ बढेर एक लाख ५२ हजार पाँच समयमा कारोबार भइरहेको छ। महासंघका अनुसार चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो मंगलबार चाँदी प्रति तोला १ हजार ८ सय ३० रुपैयाँमा थियो। आज बुधबार पनि सोही मूल्यमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया