तिब्बतमा गएको भूकम्पबाट ५३ जनाको मृत्यु
काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतमा आज मंगलबार बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ५३ पुगेको छ। साथै ६२ जना घाइते भएका छन्। चीनको राजधानी बेइजिङको समयानुसार आ बिहान ९ बजेर ५ मिनेटमा सिगात्से शहरको डिङ्ग्री काउन्टीमा ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो। उक्त भूकम्पको धक्का नेपालसम्म महसुस गरिएको थियो।
प्रतिक्रिया