काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस, ७.१ रेक्टर स्केलको भूकम्पको केन्द्रविन्दु तिब्बत

काठमाडौं । काठमाडौं उपत्यकामा आज मंगलबार बिहान करिब ६ः५० बजे ठूलै भूकम्पको धक्का महसुस गरिएको छ । उत्तर–दक्षिण दिशातर्फ हल्लाइएको भूकम्पका कारण मानिसहरू डरले गर्दा घरबाट बाहिर निस्केका थिए । प्रारम्भिक रिपोर्टहरुका अनुसार चीनको तिब्बत केन्द्रविन्दु भएर भूकम्प गएक हो । ७.१ रेक्टर स्केलको भूकम्प मापन भएको जनाइएको छ । उक्त भूकम्पको धक्का चीन, नेपाल, भारत, भुटान र बंगलादेशमा समेत महसुस भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर