भारतको बेङ्गलुरुमा एचएमभिपीका दुई संक्रमित बिरामी फेला

काठमाडौं । भारतको बेङ्गलुरुमा ह्युमन मेटाप्युमोभाइरस (एचएमभिपी) संक्रमित दुई बिरामी फेला परेका छन् । तीन महिनाको एक बालकलाई उक्त संक्रमण भएको थियो, जो अहिले डिस्चार्ज भइसकेका छ्न् र अर्का ६ महिनाको बच्चामा पनि एचएमभिपी देखा परेको छ, जो बालकको कर्नाटकाको एकअस्पतालमा उपचार भइरहेको छ । भारतमा एचएमभिपी देखा परेको यो पहिलो घटना हो । उत्तरी छिमेकी चीनमा देखा परेको एचएमभिपी भारतमा पनि देखा परेपछि उच्च सतर्कता अपनाइएको छ ।

संक्रमित शिशुहरू र तिनीहरूका परिवारहरूका अन्य कुनै सदस्यलाई कुनै खतरा नभएको जनाइएको छ । ‘दुबै केसहरू धेरै श्वासप्रश्वासका भाइरल रोगजनकहरूको लागि नियमित उपचारबिधीमार्फत पहिचान गरिएको थियो,’ आइसीएमआरले भनेको छ । उसका अनुसार देशभर श्वासप्रश्वाससम्बन्धी रोगहरूको निगरानी गर्ने प्रयासहरू भइरहेका छ्न् । चीनमा श्वासप्रश्वाससम्बन्धी रोगहरू इन्फ्लुएन्जा, आरभिसी र एचएमभिपी जस्ता भाइरसहरू मौसमी परिवर्तनले गर्दा देखा परेका छन् । यी भाइरसहरू एक अर्कासँग मिल्दोजुल्दो देखिएका छन् ।

स्वास्थ्य र परिवार कल्याण मन्त्रालयका अनुसार भारतबाट हालको निगरानी डेटाले श्वासप्रश्वासको संक्रमणमा कुनै असामान्य वृद्धि भएको संकेत गर्दछ । यद्यपि, बेंगलुरुमा दुई बिरामी देखा परेपछि स्वास्थ्य मन्त्रालयले आज एचएमभीपीसँग लड्न आवाश्यक पर्ने रणनीति बनाउनका लागि आकस्मिक बैठक बोलाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर