विश्वको सबैभन्दा वृद्ध व्यक्तिको ११६ वर्षको उमेरमा निधन
काठमाडौं । विश्वकै सबैभन्दा वृद्ध जापानी महिला टोमिको इटोकाको ११६ वर्षको उमेरमा निधन भएको आशिया शहरले घोषणा गरेको छ । ४ छोराछोरी तथा ५ नातिनातिना भएको इटोकाको नर्सिङ होममा मृत्यु भएको दक्षिणी शहरका मेयरले एक विज्ञप्तिमार्फत जानकारी दिP । उनको जन्म आशिया नजिकैको ओसाकाको वाणिज्य केन्द्रमा सन् १९०८ मे २३ मा भएको थियो ।
स्पेनकी मारिया ब्रान्यास मोरेराको ११७ वर्षको उमेरमा अगस्ट सन् २०२४ मा मृत्यु भएपछि इटोकालाई विश्वको सबैभन्दा वृद्ध व्यक्तिको रूपमा मान्यता दिइएको थियो ।
प्रतिक्रिया