आज शुक्रबार सुन प्रति तोलामा दुई हजार रुपैयाँ वृद्धि

काठमाडौं । आज शुक्रबार सुन प्रति तोलामा दुई हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनको मूल्य प्रति तोला १ लाख ५३ हजार ५ सय रुपैयाँ तोकेको छ ।

हिजो बिहीबार सुन प्रति तोला १ लाख ५१ हजार ५ सय रुपैयाँ थियो । यस्तै, शुक्रबारका लागि चाँदी प्रति तोला १८ सय १० रुपैयाँ तोकिएको महासंघले जनाएको छ । महासंघका अनुसार हिजो बिहीबार चाँदी प्रतितोला १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी प्रति तोला २० रुपैयाँ वृद्धि भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर