बझाङमा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा ५ जनाको मृत्यु

काठमाडौं ।  बझाङमा गए राति फरक फरक ठाउँमा २ वटा बोलेरो जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । बझाङको तलकोट गाउँपालिकाबाट जिल्ला सदरमुकाम चैनपुर आउने क्रममा भएको जिप दुर्घटनामा परी ३ जनाको घटनास्थलमा र १ जनाको जिल्ला अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको छ।

मृत्यु हुनेमा केदारस्यु गाउँपालिका १ का बोलेरो चालक अन्दाजी बर्ष ३३-३४ का शमशेर मल्ल, सो बलेरो जिपका यात्रु तलकोट गाउँपालिका ४ का ७२ वर्षीया जोगेनीदेबी धामी, उनका छोरा वर्ष ३६ का बुदेबहादुर धामी र नातिनी ६ वर्षीया आकृतिकुमारी धामीको जिल्ला अस्पताल बझांग पुग्दापुग्दै मृत्यु भएको हो 

त्यसैगरी मस्टा गाउँपालिकामा पनि अर्को जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मस्टा गाउँपालिका-१ काेट्देवमा भएको जिप दुर्घटनामा परी अन्दाजी ४२ वर्षीय चालक धर्म थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर