तराईका धेरै स्थानमा हुस्सु, पहाडमा आंशिक बदली

काठमाडौं ।  हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा तराईका धेरै स्थानमा हुस्सु लागेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा भागमा आंशिकदेखि साधारणतया बदली भएको छभने मुलुकका बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहेको छ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा मौसम सफा रहने छ। त्यसैगरी, आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ।

तराई तथा काठमाडौं उपत्यकाका धेरै स्थानमा शनिबार बिहान हुस्सु लाग्ने सम्भावना रहेको जनाउँदै विभागले त्यसबाट दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्नसक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ।

यसैबीच चिसो र बाक्लो कुहिरोका कारणले सिरहा लगायत तराईको जनजीवन प्रभावित भएको छ । तराईमा केही दिनयता राम्रोसँग घाम लागेको छैन । चिसो हावा चलिरहेको छ । जसका कारण सिरहा , लाहान ,गोलबजार ,मिर्चैया लगायत मध्य तराईका विभिन्न ठाउमा अत्यधिक चिसो बढेको छ । चिसोका कारण कमै मानिस घर बाहिर निस्किरहेका छन् ।

विशेषगरी बालबालिका र वृद्धवृद्धाहरू चिसोबाट बढी प्रभावित छन् । बाहिर श्रम गर्ने श्रमिकहरूलाई चिसोले बढी प्रभाव पारेको छ ।विशेषगरी रिक्सा ठेला चलाउने, निर्माणको काम गर्ने मजदुरलाई गाह्रो भइरहेको छ । दुई दिनदेखि निकै चिसो बढेकोले नियमित काम गर्न समेत कठिनाइ भएको गोलबजारका स्थानीय रामु यादवको भनाइ छ ।

 तराई मधेसमा न्यानो कपडाको अभावमा चिसोले कठ्याँग्रिएर बर्सेनि गरीब, विपन्न, सीमान्तकृत समुदायका मानिसको मृत्यु हुने गरेको छ । गरिबीका कारण चिसोबाट बच्न न्यानो कपडा नहुँदा र शीतलहरबाट जोगिने ज्ञान नहुँदा बर्सेनी सर्वसाधारणको ज्यान जाने गरेको कतिपयको बुझाइ छ । चिसोबाट बच्न मानिसहर ठाउँठाउँमा आगो तापेर बसेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर