काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस
काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ । आज बिहीबार दिउँसो १ बजेर २ मिनेटमा काठमाडौं आसपासमा भूकम्पको धक्का महसुस गरिएको हो ।
सिन्धुपाल्चोकको माझिटार केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार भूकम्पको धक्का सिन्धुपाल्चोकसहित काभ्रे, नुवाकोट, धादिङ र उपत्यकाका तीन जिल्ला र आसपासमा महसुस गरिएको थियो । पछिल्लो केही समय पश्चिम नेपालतिर लगातार भूकम्पको धक्का महसुस भइरहेको छ ।
प्रतिक्रिया