आज पुस १८ गते बिहीबारको राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा नयाँ कार्य हात लाग्नेछ। नयाँ सम्पर्कबाट लाभ मिल्नेछ। सरकारी कामकाजमा सफलता मिल्नेछ। सेवा मुलुक कामले प्रतिष्ठा बढाउनेछ। विद्यार्थीहरूलाई अध्ययन अध्यापनमा सफलता मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नयाँ कार्य प्रारम्भ गर्नको लागि दिन उपयुक्त रहेको छ। आध्यात्मिक विकास हुनुको साथै लेखन कलामा सफलता मिल्नेछ। कार्यक्षेत्रमा प्रभाव बढ्नाले अवसरवादी पनि अवसरको फाइदा उठाउन सक्नेछन् सावधान रहनुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) पुरुषार्थका साथ काम गर्नाले व्यक्तित्वमा निखार आउनेछ। गृहणीहरूको सजावटको सामानमा धन खर्च हुने योग छ। व्यापार व्यवसायमा बोलिको विपरीत अर्थ लाग्न सक्नेछ, शब्दचयनमा ध्यान दिनुहोला। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) धार्मिक संघ संस्थामा सम्मिलित हुन पाइएला। साझेदारी व्यापारबाट लाभ मिल्नेछ। आर्थिक पक्ष सबल रहनुको साथै दाम्पत्य जीवन सुमधुर रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ४ रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर