रवि लामिछानेको मुद्दामा थुनछेकको बहश सुरु

काठमाडौं । सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा कास्की प्रहरीको हिरासतमा रहेकाहरुको बयान सकिएको छ ।

न्यायाधीश नीतिज राईको इजलासमा रास्वपा सभापति रवि लामिछाने, छविलाल जोशी, लीला पछाईं, रामबहादुर खनाल, कृष्णबहादुर गुरुङ, मिना गुरुङ र आरती गुरुङको बयान सकिएको हो ।

सबै प्रतिवादीको मङ्गलबार साढे १ बजेसम्ममा बयान सकिएको जिल्ला अदालत कास्कीका स्रेस्तेदार राजन खनालले जानकारी दिए । सबै प्रतिवादीहरूको बयान सकिएसँगै आजैबाट थुनछेक बहश थालिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर