शेयर बजारलाई सन् २०२४ फापेन

काठमाडौं ।  सन् २०२४ को अन्तिम कारोबार दिन मंगलबार शेयर बजार घटेर बन्द भएको छ । पछिल्लो समय गत मंसिर १९ गते दुई हजार ७५० बिन्दुको टप लगाएको बजार त्यसयता निरन्तर घट्दै गएको छ । मंगलबार नेप्से परिसूचक ३३.०८ अंकले घटेर दुई हजार ५७६.५० बिन्दुमा बजार बन्द भएको छ । यसदिन सेन्सेटिभ इन्डेक्स ४.२८, फ्लट इन्डेक्स २.०८ र सेन्सेटिभ फ्लट इन्डेक्स १.४४ अंकले घटेको छ भने १३ उपसमूहमा अन्यबाहेक सबै सूचकमा रातो लागेको छ ।

आज चार वटा कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेको छ । यसदिन सपोर्ट माइक्रोफाइनान्स, जानकी फाइनान्स, पोखरा फाइनान्स र नारायणी डेभलपमेन्ट बैंकको शेयर १० प्रतिशतले घटेको हो । कारोबारमा आएका २४१ कम्पनीमध्ये २१३ कम्पनीको शेयरमूल्य घट्दा २८ कम्पनीका लगानीकर्ताले भने नाफा कमाएका छन् । यसदिन ५ अर्ब ६७ करोड ४६ लाख रुपैयाँ बराबरको १ करोड ३१ लाख ७४ हजार कित्ता शेयर कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर