सुन प्रति तोला ६ सय र चाँदीमा २५ रुपैयाँ घट्यो

काठमाडौं  । साताको तेस्रो दिन आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ। अस्ति आइतबारको तुलनामा आज सुन तोलाको ६ सय रुपैयाँ घट्दा चाँदी २५ रुपैयाँ प्रतितोला घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज सुनको मूल्य तोलाको एक लाख ४९ हजार ६ सय रुपैयाँ कायम भएको छ। आइतबार भने सुन तोलाको एक लाख ५० हजार दुई सय रुपैयाँ थियो। त्यसैगरी, आज चाँदी तोलाको एक हजार सात सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। अस्ति आइतबार यो तोलाको एक हजार सात सय ९० रुपैयाँ प्रतितोला थियो। हिजो सोमबार भने सार्वजनिक बिदा हुँदा महासंघले सुनचाँदीको मूल्य सार्वजनिक गरेनन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर