आज आइतबार नेप्से परिसूचक दोहोरो अंकले घट्यो

काठमाडौं ।  साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । यसदिन  नेप्से परिसूचक २१.१२ अंकले घटेर दुई हजार ६०९.५८ अंकमा बजार बन्द भएको छ । आज सेन्सेटिभ इन्डेक्स २.४६, फ्लट इन्डेक्स १.४२ र सेन्सेटिभ फ्लट इन्डेक्स ०.८४ अंकले घटेको छ । १३ उपसमूहमध्ये लघुवित्त, म्युचुअल फण्ड र अन्यबाहेक अन्य १० उपसमूहको शेयर घटेको बजारमा १७२ कम्पनीले घाटा बेहोरेका छन् । कारोबारमा आएका बाँकी ६९ कम्पनीले नाफा कमाउँदा २ कम्पनीको शेयर स्थिर छ ।

यसदिन ५ कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेको छ । सपोर्ट माइक्रोफाइनान्स, नारायणी डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, जानकी फाइनान्स र सिन्धु विकास बैंकका लगानीकर्ताले सर्वाधिक १० प्रतिशत गुमाएका हुन् । यसदिन महिला लघुवित्त वित्तीय संस्थाको शेयरमा भने सकारात्मक सर्किट लागेको छ । यसदिन ६६ हजार ७७४ पटकमा ५ अर्ब ४७ करोड ४८ लाख रुपैयाँ बराबरको १ करोड १० लाख ९९ हजार २३९ कित्ता शेयर खरिदबिक्री भएको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर