सुनचाँदी दुबैको मूल्यमा गिरावट

काठमाडौं । आज आइतबार सुन प्रति तोलाको मूल्यमा पाँच सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अस्ति शुक्रबारको तुलनामा आज आइतबार सुन र चाँदी दुबैको मूल्य घटेको हो । आज सुन प्रति तोला १ लाख ५० हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । अस्ति शुक्रबार सुन प्रति तोला १ लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेको छ । आज प्रतितोला १ हजार ७९० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ८ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया