हुम्लामा आज शनिबार बिहानदेखि हिमपात
काठमाडौं । आज शनिबार बिहान ६ बजेदेखि हुम्लामा हिमपात सुरु भएको छ। हिमपातसँगै चिसो बढेको छ। यस वर्ष पुस महिनामै हिमपात भएपछि किसानहरू खुशी भएका छन्।
मङ्सिर महिना खेतबारी छरेको उवा, जौ, गहुँ राम्रो हुने भएपछि किसानहरूको मुहारमा खुशी छाएको हो। मङ्सिर महिना खेतबारीमा छरेको उवा, जौ, गहुँ यस वर्ष राम्रो हुने सिमिकोट गाउँपालिका – ६ की गीता रावतले जानकारी दिइन् । आकाशे पानीको भर पर्नुपर्छ यस पटक समयमै हिउँ परेकाले बालीनाली राम्रो हुने रावतले बताइन् । सुरु वर्षहरूमा चारदेखि पाँच फिटसम्म हिउँ पर्थ्यो सिमिकोट गाउँपालिका – ६ की रूपसी रोकायाले बताइन् ।
जलवायु परिवर्तनका कारण हिउँ पहिलाभन्दा छिटो पग्लिन्छ रोकायाले भनिन् । चिसोका कारण सदरमुकाम सिमिकोटमा बिहानैदेखि चहलपहल घटेको छ । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको उच्च हिमाली भेगमा भने दुईदेखि तीन फिटसम्म हिमपात भएको स्थानीयवासीले बताएका छन् । हिमपातपछि बालीनाली सप्रिने भन्दै यहाँका किसान पनि खुशी भएका छन् ।