मध्यपुर थिमी महोत्सव सुरु, परम्परागत वस्तु प्रदर्शन
काठमाडौं । आजदेखि भक्तपुरको ऐतिहासिक नगरी मध्यपुर थिमीमा मध्यपुर महोत्सव सुरु भएको छ । उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले उद्घाटन गरेको महोत्सव आगामी तीन दिनसम्म चल्नेछ ।
महोत्सवमा मौलिक खाना, कला–संस्कृति, चित्रकला तथा हस्तकला, परम्परागत सीप, स्थानीय पेशा, व्यवसाय, मौलिक उत्पादन, माटोका भाँडालगायत वस्तुहरू प्रदर्शन गरिएको छ ।
प्रतिक्रिया