सुन तोलामा चार सय र चाँदीमा १५ रुपैयाँ वृद्धि

काठमाडौं । आज शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। हिजो बिहीबारको तुलनामा आज सुन तोलामा चार सय रुपैयाँले बढ्दा चाँदी १५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज सुन तोलाको एक लाख ५० हजार सात सय रुपैयाँ कायम भएको छ। हिजो बिहीबार सुन तोलाको एक लाख ५० हजार तीन सय रुपैयाँ थियो। यस्तै, आज चाँदीको मूल्य तोलाको एक हजार आठ सय १५ रुपैयाँ कायम भएको छ। हिजो बिहीबार चाँदी तोलाको एक हजार आठ सय रुपैयाँ थियो।
प्रतिक्रिया