लिभपुरलको ३–१ को सानदार जित

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीविरुद्ध लिभपुरलले ३–१ को सानदार जित निकालेको छ ।  बिहीबार राति घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलको जितमा कोडी गाक्पो, कर्टिस जोन्स र मोहम्मद सलाहले समान एक गोल गरे । लेस्टर सिटीका लागि जोर्डन आयेवको नाममा एक गोल रह्यो ।

यस खेलमा लिभरपुलले पुनरामगन जित निकालेको हो । खेलको छैटौँ मिनेटमा लेस्टरका जोर्डन आयेवले गोल गर्दै सुरुवाती अग्रता दिलाए । कोडी गाक्पोले पहिलो हाफको इन्जुरी समयमा गोल फर्काउँदै खेलललाई १–१ को बराबरीमा ल्याए ।

४९औँ मिनेटमा कर्टिस जोन्सले गोल गर्दै लिभरपुललाई २–१ को अग्रता बनाए । खेल सकिँन ८ मिनेटअघि मोहम्मद सलाहले गाक्पोको पासमा गोल गर्दै लिभरपुललाई ३–१ को सानदार जित दिलाए । यो जितपछि लिभरपुलले सात अंकको अग्रता बनाएको छ । उसले १७ खेलमा ४२ अंक जोडेको छ । यस्तै, १८ खेलबाट ३५ अंक जोडेको चेल्सी दोस्रो स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर