नेप्सेमा झिनो अंकको वृद्धि
काठमाडौं । यो साता चार कारोबार दिनमध्ये तीन दिन नेप्से परिसूचक बढेको छ । सोमबार र मंगलबार बढेको नेप्से बिहीबार झिनो अंकले बढेर बजार बन्द भएको हो । आज ४.१९ अंकले बढेर दुई हजार ६३०.७१ अंकमा बजार बन्द भएको छ । यस साता आइतबार १३.५३ अंकले घटेर दुई हजार ५८३.२९ अंकमा बजार बन्द भएकोमा सोमबार २८.९१ अंक र मंगलबार १४.११ अंकले बढेको थियो ।
प्रतिक्रिया