जाजरकोटमा ४.२ म्याग्निच्यूडको भूकम्प
काठमाडौं । जाजरकोटमा फेरि भूकम्पको धक्का महसुस गरिएको छ । बिहीबार बिहान साढे ६ बजे जाजरकोटको नायकवाडा आसपास केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको आसपासका जिल्लामा समेत महसुस गरिएको थियो । यसअघि मंगलबार दार्चुला केन्द्रविन्दु बनाएर ४ म्याग्निच्यूडको भूकम्प गएको थियो । गत वर्षको कात्तिकमा जाजरकोट नै केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्निच्यूडको भूकम्प गएको थियो । उक्त भूकम्पले ठूलो मानवीय र भौतिक क्षति गराएको थियो ।
प्रतिक्रिया