आज पुस ११ गते बिहीबारको राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा लाभका अवसरहरू प्राप्त हुनेछन्। साझेदारी व्यापारमा लाभ मिल्नेछ। पुरानो विचारहरू छोडेर नयाँ विचारहरूलाई समय दिनुहोस्। माननीय जनहरूबाट सहयोग मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) एकाग्रताको साथमा मेहनत गर्नुभयो भने परिणाम अवश्य राम्रो आउनेछ। रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि पौष्टिक भोजनको सेवन गर्नुहोस्। सवारी साधनमा धन खर्चका योग छन्। आजको शुभ रंग सेतो हो भने शुभ अङ्क ७ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) तपाईंको कार्य समीतिमा सुधार हुनेछ। पूरा गर्न नसक्ने वाचा नगरौँ। समाजमा मानसम्मान बढ्नेछ। प्रेम सम्बन्धमा विचारहरूको टकराव हुनेछ। कार्यक्षेत्रमा विपरीत परिस्थिती निर्माण हुनसक्छ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर