मङ्गोलियामा पाँच दशक यताकै सबैभन्दा ठूलो हिमपात

काठमाडौं ।  मङ्गोलियाको ६० प्रतिशतभन्दा बढी भू-भाग हाल हिउँले ढाकेको मौसम विज्ञान तथा वातावरणीय राष्ट्रिय एजेन्सीले सोमबार जनाएको छ । “मङ्गोलियाको कम्तिमा ६४ प्रतिशत क्षेत्र अब हिउँले ढाकेको छ,” मौसम एजेन्सीले जनाएको छ । सोमबार बिहानसम्म देशका २१ मध्ये पाँच प्रदेशमा हिमपात जारी रहेको छ ।

मङ्गोलिया जाडोको लागि प्रसिद्ध छ । गत हिउँदमा देशमा पाँच दशक यताकै सबैभन्दा ठूलो हिमपात भएको थियो, जसका कारण ठूलो बाढी आएको र लाखौं पशुधनको क्षति भएको थियो । यस हिउँदमा, एसियाली देशका अधिकांश भागहरूमा दीर्घकालीन औसतभन्दा चिसो तापक्रम बढ्ने मौसमविद्ले जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर