जमिनबाट सुन निकालेर दिन्छु भनेर दुई करोड ठगी
काठमाडौं । बाँकेमा जमुनिबाट सुन निकालिदिन्छु भनी रकम ठगी गरेको अभियोगमा भारतीय नागरिक पक्राउ गरेका छन् । पक्राउ पर्नेमा भारत उत्तरप्रदेश बलरामपुर सिहपुरी बस्ने ४२ वर्षीय सदाबुद्दिन हलवाई रहेका हुन् ।
हलवाईले नेपालगन्ज उपमहानगरपालिका–१९ स्थित मोहनपुर इँट्टभट्टा रहेको जमिनभित्र सुन रहेको र उक्त सुन निकालिदिन्छु भन्दै पीडितबाट पटक–पटक गरी दुई करोड रुपैयाँ ठगी गरेको भन्ने पीडितको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले हलवाईलाई नेपालगन्ज उपमहानगरपालिका–४ बसपार्कबाट पक्राउ गरेको हो ।
उनी उपर जिल्ला अदालत बाँकेबाट चार दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीद्वारा जारी बुलेटिनमा उल्लेख छ ।
प्रतिक्रिया