सुन प्रति तोला दुई सय रुपैयाँ वृद्धि

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार प्रतितोला १ लाख ४९ हजार ६०० सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ७ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया