आज आइतबार सुन तोलामा ११ सय रुपैयाँ वृद्धि

काठमाडौं । आज आइतबार सुनको मूल्य बढेको छ। अस्ति शुक्रबारको तुलनामा आज सुन तोलामा ११ सय रुपैयाँ बढेर एक लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अस्ति शुक्रबार एक लाख ४८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्यमा पनि ३० रुपैयाँ बढेको छ। आज चाँदी एक तोलाको एक हजार ७ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अस्ति शुक्रबार चाँदी प्रतितोला एक हजार ७ सय ६० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया