खोला किनारामा टिकटक बनाउने क्रममा दुईजनाको मृत्यु

काठमाडौं । तेह्रथुमस्थित एक खोला किनारामा टिकटक बनाउने क्रममा दुईजनाको मृत्यु भएको छ । जिल्लाको मेन्छ्यायेम गाउँपालिका–५ स्थित गौखुरी माविमा कार्यरत २३ वर्षीया नर्स रविना राजवंशी र सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत १३ वर्षीया सुस्मिता भट्टराईको शनिवार दिउँसो मृत्यु भएको हो ।
विद्यालयका सहायक प्रधानाध्यापक कमल सापकोटाका अनुसार उनीहरु शनिबार बिदा मनाउन खोरङ्वा खोलामा गएका थिए । खोला किनारमा टिकटक बनाउने क्रममा चिप्लिएर लडेका उनीहरु खोलामा बगेका थिए ।
खोलामा बगेका उनीहरुको शव साँझ भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख चिनिमाया तामाङले शनिवार अपराह्न जानकारी दिइन् । शव मृतकका परिवारलाई बुझाइने उनले बताइन् ।
प्रतिक्रिया