जनकपुरले सुदूरपश्चिमलाई पराजित गर्दै उचाल्यो एनपिएलको ट्रफी

काठमाडौं ।  सुदूरपश्चिम रोयल्सलाई फाइनलमा पराजित गर्दै जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि उचालेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले पराजित गर्दै जनकपुरले उपाधि उचालेको हो।

जितका लागि सुदूरपश्चिम रोयल्सले १८५ रनको लक्ष्य दिएको थियो। उक्त लक्ष्य जनकपुर बोल्ट्सले १९.२ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गरेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर