आज पुस ६ गते शनिबारको राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सन्तानको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। नोकरी वा पेशामा प्रतिद्वन्दीहरूले खुट्टा तान्नेछन्। प्रेम सम्बन्ध कसिने छ साथै जीवनसाथीको साथ मिल्नेछ। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक २ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मित्रको सहयोगले रोकिएको काम सम्पादन हुनेछ। व्यापार विस्तारको लागि योजना बन्नेछ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। आफन्तहरूसँग मनमुटाव हुन सक्ला। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कार्यक्षेत्रमा दायित्व निर्वहनमा बाधा आउनेछ। पारिवारिक मनमुटाव सुल्झिनेछ। नोकरी वा पेशामा लामो समयदेखि रोकिएका कार्य पूर्ण हुनाले मन प्रसन्न रहनेछ। खर्चमा नियन्त्रण राख्नुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) समयमा कार्य पूर्ण नहुनाले मनमा निराशा हात लाग्न सक्छ धैर्य राखौं। व्यवसायमा भाग दौड धेरै गर्नुपर्ला। कार्यस्थलमा अधिकारी वर्गहरूसँग मनमुटाव हुन सक्ला। बोल्दा विशेष ध्यान दिनुपर्ने हुन्छ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्यक्षेत्रमा इच्छाशक्ति बढ्नेछ। व्यापार व्यवसायमा श्रमको उचित मूल्याङ्कन नमिल्ला। मनमा अज्ञात भय रहनेछ। स्वास्थ्यमा सुधार हुनेछ। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। कार्यक्षेत्रमा नयाँ अवसरहरू मिल्नेछन्। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ८ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कानुनी मामिलाको शुभ सूचनाले मनमा सन्तोष मिल्नेछ। पिताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। नयाँ नोकरीमा मिटिङ आदिको लागि समय उपयुक्त नहोला। व्यापार व्यवसायमा मित्रहरूको सहयोग नमिल्ला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक १ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कार्यक्षेत्रमा अधिकारी वर्गहरूको सहयोग पाइनेछ। व्यापार व्यवसायमा नयाँ योजनाहरूको सुरुवात गर्दा सफलता मिल्नेछ। अरूको कुरा सुनेर निर्णय नलिनुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आफन्तहरूसँग विशेष भेटघाटको अवसर जुड्नेछ। नोकरी वा पेशामा पदोन्नति वा अनुकूल स्थान प्राप्ति हुने सम्भावना छ। विद्यार्थीहरूलाई उच्च शिक्षाको लागि वैदेशिक अवसर मिल्नेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक ७ रहको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) राजनीतिक क्षेत्रमा नयाँ जिम्मेवारी बहन गर्नुपर्ला। स्वास्थ्यमा ध्यान दिनुहोस्। खानपानमा नियन्त्रण राख्नुहोस्। जीवनसाथीको कार्यक्षेत्रमा पदोन्नतिका योग छन्। कार्यक्षेत्रमा मित्रहरूको सहयोग नमिल्ला। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ६ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) विदेशमा बसोबास गर्नेहरूलाई शुभ सूचना मिल्नेछ। अविवाहितहरूलाई विवाहको प्रस्ताव मिल्नेछ। घरपरिवारसँग उत्सव र आनन्दको समय बित्नेछ। स्वादिष्ट भोजनको आनन्द मिल्ला। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) साझेदारी व्यापारबाट लाभ मिल्नेछ। नोकरी वा पेशामा प्रभाव बढ्नेछ। जीवन साथीको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। विद्यार्थीहरूको आत्मविश्वासमा वृद्धि हुनेछ। कार्यक्षेत्रमा नयाँ कार्यहात लाग्नेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ५ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) मन अशान्त रहनेछ। कार्यक्षेत्रमा सोचेअनुरुप कार्य नहोला। स्वास्थलाई लिएर धन खर्च हुनेछ। आर्थिक कारोबारको लागि उपयुक्त समय पर्खिनुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर