भियतनामको काराओके बारमा आगलागी हुँदा ११ जनाको मृत्यु

काठमाडौं ।  भियतनामको राजधानी हनोईस्थित काराओके बारमा आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ । घटनामा अन्य दुई जना घाइते भएका छन् । सरकारी सञ्चारमाध्यममा सार्वजनिक भएका तस्बिरमा पश्चिमी हनोईमा कालो रङ्गको एक अग्लो भवनमा आगलागीबाट क्षति पुगेको देख्न सकिन्छ । स्थानीय समयअनुसार बुधबार राति ११ बजे आगलागी भएको र त्यहाँ धेरै मानिस फसेको सूचना प्राप्त भएको प्रहरीले जनाएको छ ।

घटनालगत्तै उद्धारकर्मीहरू घटनास्थलमा पुगेका र सात जनालाई जीवितै उद्धार गरिएको छ भने दुई जनालाई अस्पताल लगिएको छ । घटनामा ११ जना मृत अवस्थामा फेला परेको प्रहरीले पुष्टि गरेको छ । हनोई प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “प्रहरीले आगलागीमा संलग्न रहेको आशङ्कामा केही व्यक्तिलाई नियन्त्रणमा लिइएको छ । घटनाको प्रारम्भिक अनुसन्धानबाट उक्त क्याफे जानाजानी जलाइएको थियो ।”

सरकारी सञ्चारमाध्यमले प्रत्यक्षदर्शीहरूलाई उद्धृत गरी बताएअनुसार आगो यति ठुलो थियो कि कसैले पनि भित्र फसेकाहरूलाई बचाउने आँट गरेनन् । नजिकै रहेका गुयेन मिन्ह हुङले डान ट्राइ पत्रिकासँग भने, “हामी फसेका पीडितहरूका लागि चिच्याइरहेका थियौं, तर हामीले भवनभित्रबाट सहयोगको माग गरेको सुनेका थिएनौँ ।” 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर