साताको अन्तिम दिन बिहीबार पनि नेप्से ओरालो यात्रामा

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक घटेको छ । यसदिन  ३१.४३ अंकले घटेर २५९६.८२ विन्दुमा बजार बन्द भएको छ । यसअघि दुई महिना पहिले गत असोज  १६ गते नेप्से २६०० बिन्दुमुनि झरेको थियो । यसदिन सेन्सेटिभ इण्डेक्स ४.३५, फ्लोट इण्डेक्स १.८९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४७ अंकले घटेको छ भने १३ वटै उपसमूहको शेयर ओरालो लागेको छ ।

आज कारोबारमा आएका २४४ मध्ये २११ कम्पनीले घाटा बेहोरेका छन् । २९ कम्पनीले नाफा कमाउँदा ३ कम्पनीको शेयर स्थिर छ । नेप्से घटिराख्दा आज सपोर्ट माइक्रोफाइनान्सको शेयर भने सर्किट लागेको छ । नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सर्वाधिक ९.२१ प्रतिशतले गुमाएका छन् । आज कारोबार रकम भने अघिल्लो दिनको तुलनामा सामान्य बढेको छ । बुधबार ४ अर्ब २७ करोडको शेयर खरिदबिक्री भएकोमा आज ४ अर्ब ७६ करोड २ लाख रुपैयाँ बराबरको ९८ लाख ३२ हजार कित्ता शेयर कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर