नेप्से परिसूचकमा मंगलबार सामान्य अंकले वृद्धि
काठमाडौं । नेप्से परिसूचकमा मंगलबार सामान्य अंकले वृद्धि भएको छ । आज नेप्से २.९५ अंकले बढेर २६३३.८७ विन्दुमा पुगेर बन्द भयो । नेप्से परिसूचक बढे पनि कारोबार रकम भने घट्यो । सोमबार ५ अर्ब ९३ करोडको सेयर कारोबार भएकोमा मंगलबार चार अर्ब ३४ करोडको सेयर कारोबार भएको हो ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा १ अर्ब ५९ करोड रुपैयाँ कमी आयो । आज ३१८ वटा धितोपत्रको ८९ लाख ३९ हजार ३४८ कित्ता सेयर किनबेच भएको हो । मंगलबार ११७ कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै, ११७ वटाको घटेको छ । यस्तै, १० कम्पनीको मूल्य स्थिर रह्यो ।
आज सपोर्ट माइक्रोफान्सको मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । उक्त कम्पनीको प्रतिकित्ता मूल्य दुई हजार ७५० रुरूपैयाँ कायम भएको छ । सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा नेपाल फाइनान्स रह्यो । उक्त कम्पनीको प्रतिकित्ता एक हजार ६७ रुपैयाँ ८० पैसामा १५ करोड ८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो ।