शक्तिशाली चक्रवाती तुफानबाट सयजनाको मृत्यु

काठमाडौं ।  हिन्द महासागारको मायोट द्वीपमा शक्तिशाली चक्रवाती तुफानले ठूलो जनधनको क्षति गरेको छ । फ्रान्सको स्वामित्वमा रहेको भनिएको यो द्वीपमा ‘चिडो’ नामको चक्रवाती तुफानका कारण कम्तिमा एक सय जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

यो संख्या अझै बढ्न सक्ने फ्रान्सका सञ्चार माध्यमहरूले जनाएका छन् । २२५ किलोमिटरको गतिमा आएको तुफानलाई एक सय वर्षयताकै सबैभन्दा शक्तिशाली भनिएको छ । मेयोटको जनसंख्या ३ लाख २० हजार छ । यहाँ अवैध आप्रवासीको संख्या धेरै छ। ७५ प्रतिशतभन्दा बढी जनता गरिबीको रेखामुनि बस्छन् । तुफानका कारण विमानस्थललगायत सार्वजनिक पूर्वाधारमा ठूलो क्षति पुगेको छ । विद्युत् आपूर्ति ठप्प भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर