विद्या भण्डारीलाई पार्टीमा ल्याउने खुसुर–खुसुर राजनीति नगर्न अध्यक्ष ओलीको चेतावनी

काठमाडौं ।  विगत केही समयदेखि नेकपा एमालेभित्र केपी शर्मा ओलीको विकल्प खोज्न तल्लीन केही एमालेजनलाई अध्यक्ष ओलीले त्यस्तो खुसुर–खुसुर राजनीति नगर्न आज प्रस्ट चेतावनी दिएका छन् । एमालेभित्रओली गूटभन्दा पृथकका समूह ओलीको विकल्पमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको सक्रिय राजनीतिमा ल्याएर २०८४ को चुनावपछि प्रधानमन्त्री बनाउन चाहन्छन् ।  पार्टीभित्र विगत लामो समयदेखि पाकिरहेको अध्यक्ष पदको खिँचडीको बास अध्यक्ष ओलीले पनि सुँघिरहेको र खिँचडी कसौंडीमा पाकेर उम्लिएर पोख्नुभन्दा पहिले नै ओलीले ती नेताहरूलाई कडा चेतावनी दिएको हो ।
पार्टीद्वारा आइतबार च्यासलमा आयोजित स्थानीय तहमा पार्टीका समस्या र समाधान विषयक राष्ट्रिय कार्यशालामा उनले पार्टीमा आउनुपर्‍यो भन्दै भण्डारीलाई नभेट्न नेता–कार्यकर्तालाई सचेत गराए । ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउन दौडधुप गर्नुको कुनै तुक नरहेको पनि उल्लेख गरे ।

ओलीले भने, “पूर्वराष्ट्रपतिकहाँ गएर (पार्टीमा) आइदिनुपर्‍यो भन्ने कुराको कुनै तुक छैन । उहाँ (विद्या भण्डारी) सर्वोच्च भइसकेको व्यक्ति हो, आवश्यकता पर्दा हाम्रै सल्लाहमा आउनुहुन्छ ।” एमालेको ११औँ महाधिवेशनमा भण्डारीलाई पार्टी नेतृत्वमा स्थापना गर्ने बलियो पक्षपोषणमा (लबिङ) मा एमालेकै शीर्ष नेतृत्वका व्यक्रित्वहरू लागिपरको अकाट्य चर्चा एमालेवृत्तमा छ । चर्चासँगै वामदेव गौतमको नाम पहिले आउने गरेको एमाले कार्यकर्ताहरू बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर