आज आइतबार सुनको भाउमा २,२०० सय घट्यो

काठमाडौं । सुनको भाउमा आज आइतबार शुक्रबारको तुलनामा तोलामा दुई हजार दुई सय रुपैयाँ घटेको छ । अस्ति शुक्रबार सुन प्रति तोलामा एक लाख ५३ हजार रुपैयाँ रहेकोमा आज घटेर एक लाख ५० हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर एक हजार आठ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर