पत्रकार महासङ्घको अध्यक्षमा निर्मला शर्माको जित निश्चित

काठमाडौं ।  नेपाल पत्रकार महासङ्घको अध्यक्षमा निर्मला शर्माको जित निश्चित भएको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार केही मत गन्न बाँकी भए पनि शर्माको गन्न बाँकीभन्दा बढी मतान्तर भइसकेको छ ।

गए रातिसम्मको मतगणनामा शर्मा निकटतम प्रतिस्पर्धी रमेश विष्टभन्दा एक हजार मतले अगाडि छन् ।  शर्माको जितसँगै नेपाल पत्रकार महासङ्घले इतिहासमा पहिलो पटक महिला नेतृत्व पाउँदैछ । शर्मा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको साझा उम्मेदवार थिइन् ।

यस्तै प्रेस युनियनबाट विद्रोह गरेर उम्मेदवारी दिएका विष्टलाई प्रेस सेन्टर र समाजवादी प्रेस सङ्गठनको समर्थन रहेको छ । अध्यक्षसँगै केन्द्रीय पदाधिकारीका धेरै पदमा पनि शर्मा प्यानलकै उम्मेदवारले जित्ने निश्चित भएको छ । वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, उपाध्यक्षमा नितु पण्डित र महासचिवमा रामप्रसाद दाहालले अग्रता लिएको छ । केही पदमा भने विष्ट प्यानलका उम्मेदवारहरु निर्वाचित भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर