एबिसी टेलिभिजनले ट्रम्पलाई १ करोड ५० लाख डलर जरिवाना तिर्ने

काठमाडौं । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई मानहानी गरेको अभियोगमा एबिसी टेलिभिजनले १ करोड ५० लाख अमेरिकी डलर जरिवाना तिर्ने भएको छ । एबिसी टेलिभिजनमा अन्तरवार्ताका क्रममा पत्रकार जर्ज स्टेफानोपौलोसले ट्रम्पलाई बलात्कारका लागि जिम्मेवार रहेको भनी झुटो बोलेको भनी मानहानीको मुद्दा परेको थियो । त्यसका लागि टेलिभिजनले सो रकम तिर्नुपर्ने भएको हो ।

अन्तर्वार्ताका क्रममा जर्जले यसै वर्षको १० मार्चमा टम्पकी समर्थक सांसदलाई चुनौती दिंदै बारम्बार सो कुरा दोहोर्‍याएको अभियोग लगाइएको थियो । एबिसी टेलिभिजनले पत्रकार जर्जको अन्तर्वार्तामा सोधिएको सो अभियव्यक्ति प्रति खेद प्रकट गरेको छ । जरिवाना बापतको रकम अमेरिकी राष्ट्रपतिहरुले स्थापना गरेको परोपकारी संस्थामा जानेछ । साथै ट्रम्पले कानुनी लडाइँका लागि खर्च गरेको १० लाख डलर पनि एबिसी टेलिभिजनले उनलाई दिन सहमत भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर