नेपाल पत्रकार महासङ्घको अहिलेसम्म घोषित परिणाम

काठमाडौं । नेपाल पत्रकार महासङ्घको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । अहिलेसम्म घोषित परिणाम यस प्रकारको रहेको छ ।  पत्रकार महासङ्घ बागमती प्रदेशको अध्यक्षमा प्रेस सेन्टर नेपालका उम्मेदवार कृष्ण सारू मगर विजयी भएका छन् । एसोसिएट प्रदेशको अध्यक्षमा रोयल आचार्य निर्वाचित भएका छन् । यस्तै, महासङ्घको केन्द्रीय सदस्यमा अर्जुन पन्त र सूर्य सुवेदी निर्वाचित भएका छन् । निर्वाचित पन्त र सुवेदी प्रेस सेन्टर निकटका हुन् । महासङ्घको केन्द्रीय सदस्य पदमा वीरेन्द्र ओली र सविता शर्मा निर्वाचित भएका छन् । प्रतिष्ठान प्रदेशबाट उनीहरु निर्वाचित भएका हुन् ।एसोसिएट प्रदेशबाट केन्द्रीय सदस्यमा मनुका कुँवर र पवित्रा मुडभरी विजयी भएका छन् ।

जिल्लातर्फका विजयी उम्मेदवार:-

  • ललितपुर शाखाको अध्यक्षमा प्रेस सेन्टरका रामहरि कार्की निर्वाचित  ।
  • सिन्धुपाल्चोक शाखाको अध्यक्षमा ध्रुव दंगाल निर्वाचित । दंगाल प्रेस युनियन सिन्धुपाल्चोकका पूर्वअध्यक्ष हुन् ।
  • पाल्पा जिल्ला शाखाको अध्यक्षमा कमलराज तिमिल्सिना निर्वाचित ।
  • कास्कीको अध्यक्षमा माधव बराल निर्वाचित । बराल प्रेस युनियनका हुन् ।
  • रौतहटको अध्यक्षमा सञ्जय कुमार कार्की विजयी । उनी प्रेस युनियनका उम्मेदवार हुन् ।
  • रसुवा शाखाको अध्यक्ष पदमा केशवप्रसाद पौडेल चयन  ।
  • पर्सा शाखाको अध्यक्ष पदमा ओमप्रकाश खनाल विजयी छन् ।
  • भक्तपुर शाखाको अध्यक्ष पदमा सुन्दर शिल्पकार विजयी ।
  • मोरङ शाखाको अध्यक्षमा सुशीला पाठक निर्वाचित  ।
  • ताप्लेजुङ शाखाको आठौँ जिल्ला अधिवेशनले सुवास आर्चायको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित  ।
  • म्याग्दी शाखाको अध्यक्षमा हरिकृष्ण गौतम सर्वसम्मत चयन  ।
  • सङ्खुवासभा शाखाको अध्यक्ष पदमा कृष्णराज शाक्य निर्वाचित ।
  • जुम्ला शाखाको अध्यक्ष पदमा पूर्णप्रसाद चौलागाई निर्वाचित ।
  • सप्तरी शाखामा पुनः प्रेस युनियनबाट श्रवणकुमार देव निर्वाचित ।
  • झापा शाखाको अध्यक्षमा एकराज गिरी दोहोरिए ।
  • महोत्तरी शाखा अध्यक्षमा महेश दास निर्वाचित ।
  • धनुषा शाखाको अध्यक्षमा पुरन साह निर्वाचित ।
  • सोलुखुम्बुको अध्यक्षमा राससकर्मी सुवास दर्नाल निर्वाचित ।
  • जुम्ला शाखाको अध्यक्षमा पूर्णप्रसाद चौलागाईं निर्वाचित ।
  • सुनसरी शाखाको अध्यक्षमा सन्तोष काफ्ले निर्वाचित ।
  • रुपन्देही शाखामा प्रेस चौतारी र नेपाल प्रेस युनियनको संयुक्त प्यानल नै विजयी भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर