प्रहरीका दुई डिआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस

काठमाडौं ।  नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फ दुई प्रहरी नायब महानिरीक्षक (डिआइजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवाका लागि सिफारिस गरिएको छ ।

गृह मन्त्रालय बढुवा समिति, सचिवालयको आज साँझ बसेको बैठकले प्रहरीका डिआइजी दुर्गा सिंह र भरतबहादुर बोहरालाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको बढुवा समितिका सदस्य सचिव एवम् प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले जानकारी दिए ।

सिंह र बोहरालाई प्रहरी नियमावली २०७१ को नियम २७ को उपनियम ९४० अनुसार बढुवाका लागि सिफारिस गरिएको प्रहरी महानिरीक्षक कुँवरले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर