एनपीएल : विराटनगर किंग्स र कर्णाली याक्सको जित

काठमाडौं ।  सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सले चितवन राइनोजलाई पराजित गर्दै प्लेअफ सम्भावना कायमै राखेको छ । शुक्रवारको दोस्रो खेलमा विराटनगरले चितवनमाथि ५१ रनको जित हासिल गर्‍यो । विराटनगरले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३० रन मात्र बनायो ।

चितवनका लागि अमरसिंह राउटेलाले सर्वाधिक ४२ रन जोडे । उनले २९ बलमा ३ चौका र २ छक्का जोडे । सन्तोष कार्कीले २५ बलमा ३ चौका र १ छक्काको सहयोगमा २८ रन जोडे । सन्तोष सन्दीप लामिछानेको बलमा बसिर अहमदबाट क्याच आउट भए । सन्तोषले चौथो ओभरको अन्तिम बलमा जीवनदान पाएका थिए । प्रतिस जिशीको बलमा सन्तोषलाई बाउन्ड्रीमा रहेका बसिर अहमदले क्याच मिस गरेका थिए । त्यस समयमा सन्तोषले ७ रन बनाएका थिए ।

कप्तान कुशल मल्लले २५ बलमा २ चौका र १ छक्काको सहयोगमा २५ रन जोडे । कुशल क्रिस सोलको बलमा प्रतिस जिशीबाट समातिए । रवि बोपारा २४ बलमा २० रन जोड्दै सुवास भन्डारीको बलमा बोल्ड आउट भए । विराटनगरका लागि कप्तान सन्दीप लामिछानेले २ तथा क्रिस सोल, बसिर अहमद र सुवास भन्डारीले समान १ विकेट लिए । त्यसअघि टियु क्रिकेट मैदान कीर्तिपुरमा टस जित्दै पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रनको योगफल तयार गरेको थियो ।

विराटनगरका बसिर अहमदले सर्वाधिक ६८ रन जोडेका थिए । उनले ४४ बलमा ४ चौका र ४ छक्का प्रहार गरेका थिए । प्रतियोगिताको आफ्नो पहिलो अर्धशतक उनले ३९ बलमा पूरा गरेका थिए । पाँचौ विकेटका लागि ओपनर मार्टिन गप्टिल र अहमदले ६५ रनको साझेदारी गरे । गप्टिलले ३५ बलमा १ चौका र ४ छक्काको सहयोगमा ४५ रन बनाए‌। उनी कुशल मल्लको बलमा बोल्ड आउट भए । राजेश पुलामी मगरले नट आउट ३३ रन बनाए । उनले २० बलमा १ चौका र ३ छक्का प्रहार गरे ।

छैठौं ओभरका लागि अहमद र राजेशले ८३ रनको साझेदारी गरे । विराटनगरले अतिरिक्तमा २३ रन पाएको थियो । विराटनगरले पछिल्लो ५ ओभरमा ७४ रन बनाएको थियो । चितवनका लागि रिजन ढकालले २ तथा बासिल हमिद, कुशल मल्ल र सोहेल तन्भिरले समान १ विकेट लिए । जितका साथ विराटनगर ६ खेलमा २ जित र ४ हारका साथ विराटनगरको ४ अंक भएको छ । जित पछि विराटनगरको प्लेअफ सम्भावना कायमै रहेको छ । प्लेअफमा स्थान बनाउँन विराटनगरका लागि अर्काे खेल जित्न आवश्यक रहेकाे छ । विराटनगरकाे अर्काे खेल आइतवार काठमाडाैं गुर्खाजसँग रहेकाे छ । यसपछि पनि उसले अरू टाेलीकाे नतिजामा भर पर्नु पर्ने हुन्छ ।

पराजित चितवनको ६ खेल खेलमा ३ जित र ३ हारका साथ ६ अंकमा रहेको छ । चितवनले आफ्नो अन्तिम खेलमा शनिवार जनकपुर बोल्ट्सको सामना गर्नेछ । जनकपुरविरुद्धको खेल जित्नै पर्ने दबाब रहेको छ । आजै भएको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्समाथि ५ रनको रोमाञ्चक जित हात पारेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर