रवि लामिछानेलाई पोखरा पुर्‍याइयो

काठमाडौं ।  पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पोखरा पुर्‍याइएको छ । उनलाई बाराको सिमराबाट काठमाडौं हुँदै हवाइमार्गबाट पोखरा पुर्‍याइएको हो । वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा बचकर्ताको रकम हिनामिना गरेको प्रकरणमा बयानका लागि लगिएको थियो । उनलाई बुद्ध एअरको विमानस्थलबाट काठमाडौं लगिएको हो । लामिछाने जोडिएको सहकारी ठगी प्रकरणको अनुसन्धान प्रहरीले अन्तिम चरणमा पुगेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर