रियल म्याड्रिडको अटलान्टाविरुद्ध संघर्षपूर्ण जित
काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा रियल म्याड्रिडले अटलान्टाविरुद्ध संघर्षपूर्ण जित निकालेको छ। जारी सिजन खराब प्रदर्शन गर्दै आएको रियलले अटलान्टालाई ३-२ ले पराजित गर्दै नकआउटको सम्भावना कायम राख्यो। त्यस्तै अन्य खेलमा लिभरपुलले जिरोनालाई १-० ले हराउँदा बार्यन म्युनिखले शख्तर डोनेस्कलाई ५-१ ले हरायो।
खेलमा रियल म्याड्रिडका लागि केलियन एम्बाप्पेले पहिलो गोल गर्दै उनले च्याम्पियन्स लिगमा ५० औं गोलको कोसेढुंगा पूरा गरेका थिए। तर पहिलो हाफमै डी केटेलाराले एटलान्टालाई बराबरीमा ल्याए। तर दोस्रो हाफमा भिनिसियस जुनियर र जज बेलिङ्घमले ५६ र ५९ औं मिनेटमा गोल गर्दै टिमको अग्रता फराकिलव बनाएका थिए। एट्लान्टका लागि लुकमनले ६५ औं मिनेटमा गोल फर्काए पनि हार टार्न पर्याप्त रहेन।
अर्को खेलमा लिरभपुलका लागि मोहम्मद सालहले ६३ औं मिनेटमा पेनाल्टीमार्फत गरेको एकमात्र गोल निर्णायक बन्यो। त्यस्तै अन्य खेलमा इन्टर मिलान भने बार्यन लिभरकुसेनसँग १-० ले पारजित भयो। त्यस्तै ब्रेस्टले पिएसभीलाई १-० ले हराउँदा क्लब बर्गले स्पोर्टिङ सिपीलाई २-१ ले हराएको थियो। त्यसैगरी, एस्टन भिल्लाले आरबी लेइपजिङ्गलाई ३-२ ले पराजित गर्यो। त्यस्तै फ्रेन्च क्लब पिएसजीले रेडबुल साल्स बर्गलाई ३-० ले हाएको थियो।