सिङ्गापुरको तापक्रम ३६ डिग्री नाघ्यो
काठमाडौं । सन् २०२४ को नोभेम्बर सिङ्गापुरको मौसमको लागि कीर्तिमान तोड्ने महिना साबित भएको छ । यहाँ नोभेम्बरमा औसत ४१९ दशमलव ० मिलिमिटर वर्षा भएको राष्ट्रिय वातावरण एजेन्सी (एनइए) ले घोषणा गरेको छ ।
यो कुल वर्षाले नोभेम्बर सन् १९९२ मा सेट गरिएको ३९० दशमलव १ मिमीको अघिल्लो रेकर्ड तोडेको छ । गत शनिबार सिङ्गापुरमा डिसेम्बरको सबैभन्दा तातो दिन भएको वातावरण एजेन्सीले जनाएको छ । पूर्वी सिङ्गापुरको तापक्रम ३६ दशमलव २ डिग्री सेल्सियस पुगेको छ, जुन अघिल्लो सन् २०१६ डिसेम्बर ६ मा तोकिएको ३५ दशमलव ९ डिग्रीभन्दा बढी थियो ।
प्रतिक्रिया