सेयर बजारको ओरालो यात्रा जारी

काठमाडौं ।  सेयर बजार मंगलबार ६.३२ अंकले घटेको छ । सेयर बजार ०.२३ प्रतिशतले घटेर २६६९ विन्दूमा पुगेको छ ।
बजार घटेको दिन कारोबार रकम पनि जम्मा ४ अर्ब ४१ करोड रुपैयाँमा सीमित भएको छ । बजार घटेका कारण १४८ कम्पनीले गुमाएका छन भने ८५ कम्पनीको मात्रै सेयर मूल्य सकारात्मक रहेको छ ।

बजार घटेको दिन सबैभन्दा बढी कमाउनेमा जोशी हाइड्रोपावर ७.६७ प्रतिशतले, खानीखोला हाइड्रोपावर ७.५३ प्रतिशतले, गणपति लघुवित्तको ६.५१ प्रतिशतले सेयर मूल्य बढेको छ । बजार घटेको दिन सबैभन्दा बढी गुमाउने एनआरएन इन्फ्रास्टक्चरको सेयर मूल्य ९.९० प्रतिशतले घटेको छ । आज लाइफ इन्स्योरेन्सको ३.५९ प्रतिशतले सेयर मूल्य घटेको छ । मंगलबारको सेयर बजारमा सूचीकृत कम्पनीमध्ये ३०३ कम्पनीको ८७ लाख ६७ हजार कित्ता सेयरको ५२ हजार ७०५ पटक कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर