आज सुन तोलामा २१ सय रुपैयाँ वृद्धि
काठमाडौं । स्थानीय बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा २१ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
छापावाल सुन प्रतितोला एक लाख ५२ हजार २०० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । हिजो सोमबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ९२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला एक हजार ८६५ रुपैयाँमा खरिद–बिक्री भएको थियो ।
प्रतिक्रिया