यो हिउँदमा कम वर्षा हुने सम्भावना र चिसो बढ्ने अनुमान

काठमाडौं । यो वर्षको हिउँद अवधिमा देशभर सरदरभन्दा कम वर्षा हुने सम्भावना छ । अधिकतम र न्यूनतम तापक्रम देशभर सरदरभन्दा बढी रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले यही मंसिर १६ देखि फागुन १६ गतेसम्म तीन महिनाको हिउँद अवधिको हावापानीको आँकलन गरेको हो । विभागको आँकलन अनुसार, यो हिउँदमा कोशी प्रदेशका दक्षिणी र मधेस प्रदेशका पूर्वी भू-भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत छ ।

यस्तै, सुदूरपश्चिम र कर्णाली प्रदेशका दक्षिणी, लुम्बिनी प्रदेशका अधिकांश भू-भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत छ । गण्डकीका पूर्वी तथा दक्षिणी, बागमती, मधेस प्रदेश र कोशी प्रदेशका पश्चिमी भू-भागमा पनि सरदरभन्दा कम वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत छ । देशका बाँकी भू-भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले जनाएको छ ।

न्यूनतम तापक्रम देशभर सरदरभन्दा बढी हुने सम्भावना छ । बागमती प्रदेशका अधिकांश र मधेस प्रदेशका पश्चिमी भू-भागमा न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशत छ । कर्णाली र लुम्बिनीका अधिकांश भू-भागमा न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको विभागले जनाएको छ ।

विभागका अनुसार, यो हिउँदमा गण्डकीका दक्षिणी तथा पश्चिमी, मधेसका पूर्वी र कोशी प्रदेशका दक्षिणी भू-भागमा पनि न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ४५ देखि ५५ प्रतिशत छ । देशका बाँकी भू-भागमा न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर