सेयर बजारको सोमबार पनि ओरालो यात्रा

काठमाडौं । सेयर बजारले सोमबार पनि ओरालो यात्रा कायम राखेको छ । आज नेप्से १२.८४ अंकले घटेर परिसूचक २६७६ मा कायम भयो । यसदिन १ करोड १५ लाख कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६२ करोडको कारोबार भयो ।

आज कारोबारमा आएका १३८ कम्पनीको सेयर घटेको छ भने ९२ कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै १३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । यस दिन कारोबारका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चरले सर्वाधिक ३५ करोडको कारोबार गर्यो । यस्तै हिमालय डिष्टिलरीले पनि २७ करोडको कारोबार गर्‍यो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर